देश

नेपाल पक्षले पनि देउवालाई मत दिने निर्णय

जगत ठाडा मगर
२०७८ साउन ३ | मध्यान्ह १२:०४ बजे

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् ।

नेपाल पक्षले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा रहेकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।

नेपाल पक्षले ‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’ भनी अभिव्यक्ति दिएका थिए भने विरोधी पक्ष खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनु पर्ने आवश्यकता छैन । यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ´ भन्ने भनाई रहेको थियो।

त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । ‘हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’, चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमालेबाट बहिष्कार हुने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।

कमेन्टहरु