देश

६४ लाख डोज खोप आउने पक्का : स्वस्थ तथा जनसंख्या मन्त्रालय

जगत ठाडा मगर
२०७८ साउन ३ | बिहान १०:०४ बजे

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ ।

चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो ।

दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले असार १५ गतेसम्ममा सबै खोप आइपुग्ने जानकारी दिए ।

शुक्रवार मात्रै चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने वाचा गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई खोप अभियानका लागि सहयोग गर्ने बताएकी थिइन् ।

यसबाहेक जापानबाट पनि १६ लाख डोज खोप आउने पक्का भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

खरीद गरिएको ३२ लाखसहित ६४ लाख खोप आउने पक्का भएको छ,’ उनले भने ।

कमेन्टहरु