मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बन्द साँफे-मार्तडी सडकखण्ड खुल्ला

उमेश रोकाया
२०८१ फाल्गुन ४ | मध्यान्ह ०९:११ बजे

बाजुरा , फागुन ०४ । बन्द गरिएको साँफे-मार्तडी सडकखण्ड खुलेको छ । बसको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द गरिएको सडक आईतबार साँझ ७ः३० बजेबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीको सक्रियतामा पीडित पक्षलाई सम्झाई बुझाई गरेपछि सडक सुचारु गर्ने सहमति भएको हो । पीडित पक्षलाई पटक–पटक आग्रह गरी सुझाएपछि पीडक पक्ष समेत वार्ता गर्ने गरी धनगढीबाट समितिका व्यक्तिहरु हिडेपछि सहमति भएको हो ।
बसको ठक्करबाट बुढीगंगा नगरपालिका-१ अम्कोट अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मत्युपछि सडक अवरुद्ध गरिएको हो । मृत्यक बालककी गर्भवती आमाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत रेफर गरेर उपचार भईरहेको छ ।























