देश

कांग्रेस काठमाडौंको सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाको विश्वास पात्र नेता उपेन्द्र कार्कीको तयारी तिब्र

जगत ठाडा मगर
२०७८ साउन ३ | बिहान ०९:०४ बजे

जितेश मण्डल
श्रावण ०३ / काठमाडौं: नेपाली कांग्रेस काठमाडौंको सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाको विश्वास पात्र काठमाडौं जिल्ला हाकन सक्ने नेतृत्व गर्न सक्ने राम्रो छवि भयका युवा नेता नेता उपेन्द्र कार्कीले तयारी तिब्र थाल्नुभएको छ ।

नेता कार्की हाल कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं.२ को सभापति हुनुहुन्छ । नेता कार्की यसअघि पनि कांग्रेसको काठमाडौं निर्वाचन क्षेत्र नं.२ को सभापतिमा निर्वाचित हुनुभएको थियो । नेता कार्की विद्यार्थीकालदेखी नैं कांग्रेसमा सक्रिय भएर लाग्नुभएको छ ।
कांग्रेस काठमाडौंको सभापतिका लागि आंकाक्षी धेरै नेता भएपनि मुख्य गरी नेता कार्की र वर्तमान सभापति सबुज बानियाँ बीच प्रतिस्पर्धा हुने संभावना रहेको छ ।

नेता कार्की सभापतिका लागि देउवा पक्षका आकांक्षी नेताहरुसंग छलफल गरेर सहमतिमा आफूमात्र उम्मेदवार हुने बताउनुहुन्छ ।
काठमाडौं जिल्ला मुलुकको संघीय राजधानी भएको जिल्ला भएको र यहाँको नेतृत्वले समग्र मुलुकको हित र सिंगो काठमाडौं उपत्यकामा संगठनलाई प्रभावकारी र गतिशिल बनाउनका लागि महत्व राख्ने भएकोले आफूले संगठनलाई प्रभावकारी बनाउनका लागि सभापतिका लागि तयारी गरेको नेता कार्कीको भनाई छ ।

नेता कार्की सभापति देउवा निकट हुनुहुन्छ भने नेता बानियाँ पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिनुहुन्छ । खानेपानी, ढल, विद्युत, अव्यवस्थित शहरीकरण, लगायत काठमाडौंको एकीकृत र दिगो विकास र यसलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि आफू सक्षम भएकोले सभापतिका लागि तयारी गरेको नेता कार्की बताउनुहुन्छ ।

बि.सं.२०३१ साल श्रावण ६ गते काठमाडौंको मुलपानीमा जन्मनुभएका कार्की २०४७ सालदेखी कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । कार्की २०४७ सालदेखी नेपाल विद्यार्थी संघमा आवद्ध भई २०५१ सालमा मुलपानी गाउँ कार्य समितिको सचिव र २०५४ साल देखी २०५९ साल सम्म नेपाल तरुण दल काठमाडौंको जिल्ला सदस्य हुनुहुन्थ्यो ।

नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक भएपछी २०५९ सालमा काठमाडौं क्षेत्र नं.२ को क्षेत्रीय सचिवको पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
नेपाली कांग्रेसको १२ औं र तेह्रौं महाधिवेशनमा क्षेत्र नं.२ को क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको थियो । हाल पनि क्षेत्रीय सभापति हुनुहुन्छ । कार्कीले दिगो विकास मञ्च नेपाल गैरसरकारी संस्थाको अध्यक्ष पनि हुनुहुन्छ ।

कार्कीले दिगो विकास मञ्च नेपाल गैरसरकारी संस्था मार्फत् दिगो विकासको अवधारणामा राष्ट्रिय नीतिनिर्माण, दिगो विकासको अवधारणा, दिगो विकासका लागि जनचेतना अभिबृदि क्षमता विकास लगायतका विभिन्न कार्यक्रमहरु पनि गर्दै आउनुभएको छ । कार्कीका बुबा, काका लगायत पारिवारिक सदस्यहरु नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो ।नेपालको प्रजातान्त्रिक आन्दोलनमा कार्की परिवारको महत्वपूर्ण योगदान रहेको छ ।

कांग्रेस नेता कार्की कांग्रेस संस्थापक नेताहरु बिपी कोइरालको विचार, गणेशमान सिंहको त्याग र किसुनजीको निष्ठ र सादगीबाट प्रभावित भएर कांग्रसमा सक्रिय भएको बताउनुहुन्छ ।

कमेन्टहरु