लैङ्गिक हिंसाले सर्वोच्च पद सम्म छाडेन – नेतृ गंगा चौधरी


काठमाडौ । जनताको बहुदलिय जनबाद ” जबज ” को मुल मन्त्रलाई मुटुसंझने जननेता,सबैको लोकपृय नेता तथा लाखौं युवाहरुको ढुकढुकि स्वर्गीय मदन भणडारीको मृत्यु पश्चात् नेकपा एमालेमा आएको परिवर्तनको सयौँ मोडहरुमा हरेक नेता तथा पार्टीमा आबध्द कार्यकर्ता हरुको मनमा अझै सम्म मदन जिवित छ तसर्थ बिगदलाई भुलनु भनेको आफ्नो अस्थित्व लिलाम गर्नो हो ।
जननेता भण्डारिको हत्यापश्चात आएका कयौं टीका टिप्पणिहरुको हिसाबकिताब छैन, यत्तिकी आफ्नै श्रिमानको हत्या हुदासम्म पनि एक नारि चुप बस्न बिवसछिन जो हालको महामहिम राष्ट्रपति बिध्यादेवि भण्डारी ।
बिध्यार्थि राजनिति हुँदै नेकपा एमालेका उपाध्यक्ष सम्म पार्टिको जिम्मालिएर आफ्नो कुसलता देखाउन सफल एक असल , साहसि र कर्तब्य निस्ठा महिला नेतृनै आज राष्ट्रको राष्ट्रपति भएर महिला मैत्रि बनाउने बाटो तर्फ लम्किरहेको छ।
गाउँ टोलहरुमा पनि एक बिधवा तथा अनाथ हरुको निम्ति अभद्र व्यवहार, अपशब्द बोल्नो जो कोहिलाई स्थानिय नियम अनुरुप सजायको परिधिमा राखिने देसमा राष्ट्रको सर्वोच्च स्थानमा रहेकि एक एकल महिलामाथि बेलाबखत बोलिने अपशब्द र समाजमा अपाच्य तुच्छ गालिगलौजका कारण लैङ्गिक हिंसाले सो सर्वोच्च पद सम्म नछाडेको देखिन्छ ।
यदि सो राष्ट्रपतिपदमा बिध्या भण्डारी नभएर अन्य पुरुष राष्ट्रपति रहन्थ्यो भने कसैले यसरी अपाच्य शब्द ल्याउने थिएन र ल्यायको खण्डमा कार्वाहि हुने थियो। तसर्थ राजनिति त यउटा बाहाना हो,लैङगिक हिंसाले गर्दानै राष्ट्रपति बिध्या भण्डारी माथि अन्य दलका नेता कार्यकर्ता हरुले हेपिरहेको छ।
यिनै बिषयहरुलाई स्पष्ट गर्दै एमाल नेतृ माननीय गंगा चौधरि आफ्नो फेसबुक स्टाटसमा यसरी लेख्छिन,
सन्दर्भ राष्ट्रपतिको :
⁃ आधा आकाशको प्रतिनिधित्व गर्दै जन नेता कमरेड मदन भण्डारीकी पत्नी तथा बिद्यार्थी नेतृ हुंदै एमालेको उपाध्यक्ष सम्म भई सक्नु भएकी सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको वारेमा अहिले जे जस्तो नकारात्मक र घिनौना टीका-टिप्पणीहरु भई रहेको छ यसको वारेमा मलाई केही भन्न मन लाग्यो ।
⁃ राष्ट्रपतिको भूमिका भनेको सेरेमोनियल हो र संविधानको संरक्षक हो ।
⁃ राष्ट्रपतिको सक्रीय भूमिका हुनु पर्छ भन्ने खालको अपेक्षा पनि गरियो । प्रधानमंत्रीले जे लग्यो त्यहीमा सही गर्नु हुन्न भन्ने टिप्पणी पनि गरेको पाइयो ।
⁃ राष्ट्रपति र निवर्तमान प्रधानमंत्रीको वारेमा अत्यंत घृणित टीका टिप्पणी हरु पनि सुनियो ।
⁃ सही सल्लाहको अभावमा कामको प्रक्रियामा केही कमी कमजोरी भए होलान् । राष्ट्रपतिबाट निष्पक्ष काम र व्यवहार हुनु पर्छ भन्ने अपेक्षा गर्नु स्वभाविक हो ।
⁃ तर मलाई लाग्छ राष्ट्रपतिलाई यति सारो हेपेर टीका टिप्पणी गर्नु र मान मर्दन गर्नु भनेको वहॉ एउटा महिला भएकोले पनि हो ।
⁃ पितृ सत्तात्मक सोचको उपज स्वरूप एउटा महिला राष्ट्रपति माथि हदै सम्मको हुर्मत लिने काम भई रहेको छ ।
⁃ वास्तवमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वहॉ माथि अहिले गम्भीर ढंगले लैंगिक विभेद भई रहेको छ ।
⁃ शायद पुरुष राष्ट्रपति भएको भए यति सारो हेपिइदैनथ्यो । धेरै नै खेदो खनियो । अति भएन र ?
⁃ राष्ट्रपति एउटा व्यक्ति मात्र नभएर संस्था पनि हो । त्यसैले सम्मानित राष्ट्रपति संस्थाको सम्मान गर्न पनि सिकौं । राष्ट्रपति संस्थाको बेइज्जत र मान मर्दन गरेर हाम्रो इज्जत बढ्दैन ।
⁃ सेरेमोनियल भूमिका निर्वाह गर्ने राष्ट्रपतिलाई अहिले महाभियोगको समेत चर्चा चलि रहेको छ । के दुई तिहाई बहुमत पुग्छ महाभियोग पारित गर्न ? वाहीयात हल्ला चलाएर एउटा महिला राष्ट्रपतिको भावनामा चोट पुर्याउनु कति जायज हो ?
⁃ सुशीला कार्कीलाई महीला प्रधान न्यायाधीश भएकैले हेपेर महाभियोगको असफल प्रयास गरिएको कुरा जगजाहेर नै छ ।
⁃ हुन त यो मेरो स्टाटसमा पनि अत्यंत घृणित टीका टिप्पणीहरु आउन सक्छन् । मलाई थाहा छ । तर सत्य यही हो ।
⁃ लैंगिक विभेदकारी टीका टिप्पणी बन्द गरौं । मेरो विनम्र अनुरोध छ ।























