देश

चर्चित हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को दुबै किड्नी फेल

जगत ठाडा मगर
२०७८ साउन ३ | बिहान ०९:०४ बजे

काठमाडौ । चर्चित हास्य टेलि सिरियल `मेरी बास्सै´ का चम्सुरी यानकि (पल्पसा डंगोल) को दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

हास्य कलाकार पल्पसाले विगत ५ बर्षदेखि नै किड्नीको उपचार गराइरहेकी थिइन् । उनले यसको जानकारी भने अझैसम्म बाहिर खुलाएकि थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको बुझिएको छ । यसपछि, भने ऊनी आफु अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।

उनको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको र तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । दीपाले भनिन्–‘केही दिन अगाडि डायलसिस गर्ने क्रममा ब्लड नआएपछि पल्पसाजी आत्तिनु भएछ । यसपछि म भेट्न पुगेकी हुँ ।’

अहिले उनको किन्डी ट्रान्सप्लान्टका लागि करिब ५० लाख भन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् ।

हाँस्य सिरियल ‘मेरी बास्सै’ मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । उनले ‘दृष्टी’ नामक सिरियलको पनि निर्माण गरेकी थिइन् ।

कमेन्टहरु