मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

एचपीभी खोप हिमालीमा सञ्चालन

उमेश रोकाया
२०८१ माघ २७ | मध्यान्ह ०९:१० बजे

बाजुरा, माघ २७ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका विधालयमा एच.पी.भी. खोप सञ्चालन गरिएको छ । पालिका भित्र रहेका १० देखि १४ वर्ष सम्मका बालिकाहरूलाई लक्षित गर्दै आजदेखि विद्यालयबाट खोप लगाउने अभियान सुरु भएको छ । विशेष गरेर ६ कक्षादेखि १० कक्षासमम अध्ययनरत छात्राहरूको उमेर समूहभित्र पर्ने किशोरीलाई पहिलो चरणको खोप लगाउने गरेको छ ।

एचपीभी खोप लगाउन जाँदा विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीहरू र विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई विद्यालयमा पुगेर खोप लगाएको छ । हिमाली गाउँपालिकामा एचपीभी विरुद्धको खोप लगाउनका लागि स्वास्थ्यकर्मी तथा महिला स्वयंसेवीकाहरुलाई सबै वडामा परिचालन गरिएको स्वास्थ्य संयोजक गोबिन्द बोगटीले बताएका छन । एचपीभी खोप लगाउन १४ वटा स्वास्थ्य संस्था २२ वटा विधालय खोप केन्द्रमा लगाउने गरेको छ। खोप लगाउन छुटेको किशोरीहरुलाई माघ २८ गतेसम्म खोप सञ्चालन गरिने भएको छ ।

कमेन्टहरु