राजनीति

ओली सरकार ढले कांग्रेस पार्टनरः प्रचण्ड

नवलपुर टुडे
२०८१ माघ ८ | मध्यान्ह ०६:१० बजे

चितवन माघ ८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले सरकार ढले नेपाली कांग्रेससँग सत्ता समिकरण हुने बताएका छन् । मंगलबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता छिट्टै ढल्ने समेत दाबी गरे । ‘मैले त यो सरकार २०८४सम्म गइदिएहुन्थ्यो भनेको छ । सरकारको गतिविधिले धेरै दिन जाँदैन,’प्रचण्डले थपे ‘२०८४सम्म नै सरकार गएन भने हाम्रो पार्टनर कांग्रेस छँदै छ ।’ उनले माओावदीको प्राथमिकता अहिले सरकार नभएको समेत स्पष्ट पारे ।

‘मैले धेरैचोटी भनेको छु । हाम्रो प्राथमिकता संगठन सुदृढीकरण गर्ने कुरामा छ । सरकार हाम्रो प्राथमिकतामा होइन’,–उनले भने । प्रचण्डले अहिलेको सरकार पारदर्शी समेत नभएको जिकिर गरे । ‘मैले प्रष्ट भन्ने गरेको छु । यो प्राकृतिक छैन । स्वभाविक छैन । पारदर्शी पनि छैन । गरेका कामहरु उल्टा उल्टा भएका छन् । अहिले अध्यादेशसम्म आउँदा त लाजमर्दो भएको छ,’–उनले भने । प्रचण्डले सरकार फेरबदलको विषयमा पत्रकारसँग जबाफ दिइरहँदा नेपाली कांग्रेसका नेता डा शशांक कोइराला र चन्द्र भण्डारीसँगै थिए ।

सो क्रममा कोइरालाले राजनीतिमा जे पनि हुने बताए । उनले भने ‘ठूलो दलहरू मिलेर स्टेबल सरकार जुन बनेको छ, एक किसिमको स्टेबल नै छ । राजनीतिमा जे पनि हुन्छ, नहुने त होइन । तर, हामीले स्थिर सरकार दियौं भने विकासको काम हुन्छ ।’

कमेन्टहरु