वीरगंजमा भारतिय ट्रक र मोटरसाइकलबीच दुर्घटना, एकको मृत्यु

पर्सा, वीरगंज। पर्सा जिल्लाको वीरगंज महानगरपालिका ड्राइपोर्ट बहुवरीमा आज बेलुकी भारतिय ट्रक र मोटरसाइकलबीच भएको भीषण दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल सवार १४ वर्षीय राज मिश्र को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगंज स्थित नारायणी अस्पताल पठाइएको छ । वारा जिल्लाको कवहीगोठ निवासि युवकको मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार भारतिय नम्बर प्लेटको ट्रकले तीव्र गतिमा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि भारतिय ट्रक फरार भएका छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको विर्ता वडा प्रहरी कार्यालय, पर्साले जानकारी दिएको छ । प्रहरी टोलीले फरार ट्रक र चालकको खोजी कार्य तीव्र पारेको छ । फरार ट्रक चालकलाई तत्काल पक्राउ गरि कानुनी कारबाहीमा ल्याउन र मृतकलाई क्षतिपुर्ती उपलब्ध गराउन माग गर्दै अहिले वीरगंजमा स्थानीयहरुले आन्दोलन गरिरहेको हाम्रा पत्रकारले जानकारी दिएको छ ।























