Opens in a new tab

राजनीति

अब पाँच वर्ष कांग्रेसले खेर फाल्दैन : सभापति थापा

नवलपुर टुडे
२०८२ फाल्गुन ६ | मध्यान्ह ०५:११ बजे

काठमाडौँ । कांग्रेसका सभपाति गगन थापाले अब समय खेर नपाल्ने प्रतिबद्धता जनाएका छन्। बुधबार जनकपुरमा आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा थापाले बद्लिएर आएको कांग्रेसले समय खेर नफाली काम गर्ने जनाएका हुन्।

‘पाँच वर्ष कांग्रेसले अब खेर फाल्न जान दिँदैन। यो बदलिएर आएको कांग्रेस हो, यसले हिजोको दिनमा गौरव गर्छ, कांग्रेसको इतिहासमा गौरव गर्छ तर हिजोमा अड्किएर बस्दैन, थापाले अगाडि भने, ‘आजको समस्या समाधान गर्छ र भोलिको उज्यालो तर्फ देशलाई र्डोयाउँछ, यो जिम्मा लिएर भन्नुस् । यो कांग्रेसले सक्छ, यसले सम्हाल्छ जिम्मा दिएर भन्नुस्। किनकि यसको शक्ति घृणा होइन, यो कांग्रेसको शक्ति प्रेम हो ।’

उनले कांग्रेसले निषेध नभइ सबैलाई सहभागी गराएर देश बनाउने प्रतिबद्धता जनाए। उनले अब कांग्रेसले गोली चल्न र सिंहदरबार जल्न नदिने प्रतिबद्धता जनाए। उनले कांग्रेसका उम्मेदवार जिताउन कार्यकर्तालाई निर्देशन दिए।

थापाले भने, ‘कांग्रेसले सबैलाई सम्हालेर, सबैलाई समेटेर अब देशमा कतै गोली चल्न नदिएर, सिंहदरबार जल्न नदिएर एउटा परिणाममा र्पुयाउँछ भन्ने विश्वास लिएर घरघर जानुस् र उम्मेदवारलाई मात्र होइन, दुइटै चुनाव चिन्ह रुखमा, गाछीमा मत हाल्नुपर्छ भनेर गएर भन्नुस्, सिकाउनुस् म सबैलाई आग्रह गर्न चाहन्छु।’

कमेन्टहरु