Opens in a new tab

समाचार

नेपाली कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

नवलपुर टुडे
२०८३ अशोज १६ | मध्यान्ह ०८:०६ बजे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय सार्वजनिक गरिएको छ । काठमाडौंको खुल्ला मञ्चमा आइतबारदेखि सुरु हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई उमेदवारी दर्ताका लागि समय तोकिएको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताका लागि समय दिएको छ । केन्द्रीय कार्यसमितिका लागि प्रतिनिधिहरूलाई राष्ट्रियसभा गृहमा मनोनयन पत्र दर्ता गर्ने कांग्रेसले भनेको छ । केन्द्रीय कार्यसमितिका विभिन्न पदमा मनोनयन दर्ता गर्ने प्रतिनिधिहरूलाई समयसीमा निर्धारण गरिएको हो ।

नेपाली कांग्रेसको असोज १८ गतेदेखि काठमाडौँमा १५औँ महाधिवेशन हुँदै छ । केन्द्रीय महाधिवशेनका लागि अन्तिम तयारीमा कांग्रेस रहेको छ ।

 

 

कमेन्टहरु