दुर्घटना

कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट छ वर्षीय बालकको मृत्यु

नवलपुर टुडे
२०८१ पुस ९ | मध्यान्ह ०२:०९ बजे

कपिलवस्तु, पुस ९ । कपिलवस्तु नगरपालिका वडा नं. ६ सेमरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सेमरी गाउँस्थित सडकमा सेमरीबाट लक्ष्मीनगरतर्फ जाँदै गरेको लु२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राजु अन्सारीका ६ वर्षीय छोरा अवरोज अन्सारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको  छ  ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु