मौसम

आज काठमाडौंमा यो वर्षको हालसम्मकै चिसो

नवलपुर टुडे
२०८१ मंसिर २६ | बिहान ०७:०८ बजे

काठमाडौं । काठमाडौंमा आज बिहान ५ : ४५ बजेको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । यो तापक्रम यस वर्षको हालसम्मको न्यून हो ।  “हिजो यो समयमा काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस थियो । आज चिसो बढेर तापक्रम ४ मा झरेको छ,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने । 

चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने उनले बताए । रातको समयमा बादल नलागेका बेला मौसम चिसो हुने गरेको उनी बताउँछन् ।  “अब तापक्रम थप चिसो हुँदै जाने देखिएको छ,” उनले भने, “यो भन्दा पनि तापक्रम घट्नेछ ।” 

काठमाडौंमा आज दिउँसो मौसम सफा रहेनेछ । भोलि र पर्सि भने काठमाडौंमा बदली हुनेछ । “भोलि र पर्सि भने काठमाडौंको मौसममा बदली हुनेछ,” रोजन भन्छन्, “माथिल्लो भागमा क्लाउडी भए पनि वर्षाको सम्भावना भने छैन ।” 

 

 

कमेन्टहरु