समाचार

बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

उमेश रोकाया
२०८१ मंसिर १७ | बिहान ०६:०८ बजे

बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।

आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिइन् ।

भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरेकी छन्। कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।

कमेन्टहरु