Opens in a new tab

देश

तेह्रथुमको लालिगुँरास–८को वडाध्यक्षमा काँग्रेसका लिम्बु विजयी

नवलपुर टुडे
२०८१ मंसिर १७ | बिहान ०६:०८ बजे

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ४० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए।

लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले दुई मत प्राप्त गरेका छन्।

कमेन्टहरु