मौसम

गण्डकी प्रदेशको उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नवलपुर टुडे
२०८१ मंसिर १४ | बिहान ०६:०८ बजे

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कमेन्टहरु