कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

नवलपुर टुडे
२०८१ मंसिर ७ | बिहान ०६:०८ बजे

काठमाडौं । काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार राति १०:४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ । काठमाडौंमा धेरै समयपछि भूकम्पको धक्का महसुस हुँदा केही मानिसहरु घरबाहिर निस्किएका थिए । उपत्यकावासीले अहिले पनि २०७२ को गोरखा भूकम्पको त्रासदी विर्सिएका छैनन् ।
यसअघि बिहीबार बिहान कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।


















