समाज

भारतको सिकटामा ५ जोडीको सामूहिक विवाह सम्पन्न

प्रमोद सहनी
२०८१ कार्तिक ३० | मध्यान्ह ०१:०७ बजे

दिपेन्द्र सहनी

पर्सा, कार्तिक ३० । छिमेकी रास्ट्र भारतको सिकटामा ५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । वर्तमान मुखिया (मेयर) राजन चौरसियाको अध्यक्षतामा मंगलबार साँझ सिकटा नहर चोक छठ घाटमा ५ जोडीको सामूहिक विवाह गराइएको हो ।

नहर चोक छठ घाटमा भारतिय परम्परा अनुसार ५ जोडीको स्वयंबर तथा विवाह सम्पन्न भएको र उनीहरुको सम्पूर्ण वैवाहिक खर्च त्यहाँका वर्तमान मेयर राजन चौरसिया तथा चंदा संकलन गरि व्यवस्थापन गरेको बजरंग दलका अध्यक्ष सरोज साहले जानकारी दिए ।

अध्यक्ष साहका अनुसार प्रत्येक जोडीका लागि गहना,फर्निचरका सामान तथा घरेलु सामानको व्यवस्था गरिएको थियो ।
बजरंग दलका अध्यक्ष साहका अनुसार एक जोडीको बिहेको व्यवस्थापनमा २ लाख रुपैयाँ खर्च भएको छ । बजरंग दलले यो खर्च आर्थिक सहयोग चंदा संकलन गरी जुटाएको हो।

त्यस समारोहमा मुख्य सहयोग राष्ट्रिय बजरंग दल छिपहरमाईको थियो।राष्ट्रिय बजरंग दल छिपहरमाईका सम्पूर्ण टिमलाई अध्यक्ष चौरसियाले दोसल्ला ओढाई सम्मानित गरेका थिए।

कमेन्टहरु