अपराध

खैरो हेरोइनसहित बर्दियाबाट एकजना पक्राउ

नवलपुर टुडे
२०८३ साउन २९ | मध्यान्ह ०७:०४ बजे

बर्दिया । बर्दियाबाट प्रहरीले लागु औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर–२ घर भएका ५२ वर्षीय दिवे सुनार छन्।

आरोपी सुनारको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एसपी दुर्गा राज रेग्मीले बताए । ब्यूरोको नेपालगञ्ज शाखा कार्यालयबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको हो।

उनले भारतबाट खैरो हेरोइन ल्याएर लुम्बिनी प्रदेशका जिल्लाहरूमा बेच्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। आरोपीमाथि इलाका प्रहरी कार्यालय मैनापोखरी, बर्दियाले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु