मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
पत्रकार गगन अयडी सम्मानित

उमेश रोकाया
२०८१ अशोज १९ | मध्यान्ह १०:०६ बजे

धनगढी, असोज १९। बाजुरेली सेवा समाज धनगढीले पत्रकार गगन अयडीलाई सम्मानित गरेको छ। बाजुरेली सेवा समाज धनगढी द्वारा दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा सुदूर खबर अनलाईन मिडिया कर्मी पत्रकार गगन अयडीलाई सम्मानित गरेको छ।
बाजुरेली सेवा समाजले पहिलो पटक प्रकाशन गरेको भित्ते पात्रो प्रकाशन गर्न र समाजद्वारा आयोजित बिभिन्न क्रियाकलाप हरुलाई बाहिर ल्याउन सहयोग गरेको भन्दै पत्रकार अयडीलाई सम्मान गरेको हो। पत्रकार अयडी विगत ८ वर्ष देखि रेडियो, टेलिभिजन पत्रीका तथा अन्लाईन मिडिया काम गर्दै आइरहेका छन। पत्रकार गगन अयडी हाल सुदूर खबर अनलाईन मिडियाको संवाददाता काम गर्दै आएका छन।


















