Opens in a new tab

देश

जुम्लामा चट्याङ लागेर घाइते बालिकाको मृत्यु

नवलपुर टुडे
२०८१ भदौ २५ | बिहान ०६:०५ बजे

तातोपानी गाउँपालिका- ७ निवासी तीन महिने बालिका स्वामिका रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार तातोपानी–७ अन्तर्गत थुमलचौर पाटनमा चट्याङ परेको थियो। सो समयमा बालिकाकी आमा २१ वर्षीया कौशिला रावत भेडाबाख्रा गोठालो गएको बेला अचानक चट्याङ परेपछि बालिका गम्भीर घाइते भएकी थिइन्।

प्रहरीका सूचना अधिकारी उमेश बहादुर चन्दले सोमबार बिहान ५ः४० बजे प्रहरीलाई घटनबारे जानकारी प्राप्त भएको बताए। चट्याङका कारण कौशिलाका ८ वटा बाख्राहरू पनि मरेका छन्।

कमेन्टहरु