बागलुङ पहिरो : मृतकको संख्या १२ पुग्यो

रासस

सारांश
बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए ।
पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका उनले बताए ।
जिल्लामा अविरल वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने विपद्मा परी एकजना बेपत्ता छन् ।
शनिबार ताराखोलामै एकजनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको थियो ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















