निरन्तर वर्षाले मनाङको पदयात्रा प्रभावित, पर्यटक फर्किंदै

रासस

सारांश
लमजुङ, असोज १३ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् ।
थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार पछिल्लो एक सातामा २४६ विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन् । फर्किनेमा १५१ पुरुष र ९५ महिला रहेका छन् । यही असोज ६ गतेदेखि १२ गतेसम्म उक्त सङ्ख्यामा पर्यटक फर्किएका हुन् ।
केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० सम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए । पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमन घटेको छ । अहिले एक–दुई जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांश पर्यटक लमजुङतर्फ फर्किन थालेका छन् ।
“केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए । अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन्”, इन्चार्ज गुरुङले भन्नुभयो ।
मौसममा आएको खराबी, निरन्तरको वर्षा तथा पदमार्गमा बढेको जोखिमका कारण थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङलगायत गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले बीचबाटै यात्रा छोट्याउन थालेका हुन् ।
लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै जाने प्रमुख पदयात्रा मार्ग हो । यस पदमार्गको उच्चतम बिन्दु पाँच हजार ४१६ मिटरको थोराङ्ला भञ्ज्याङ हो । प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिएको यस पदमार्गमा विदेशी पर्यटकको सधैँ आकर्षण रहँदै आएको छ ।

चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

मकवानपुरमा चाडपर्वलाई लक्षित गरी नियमित बजार अनुगमन

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गुल्जार हुने कागबेनीधाम गुमनाम
अरुपनि पढ्नुहोस
सबै
व्यापार तनाव घटाउन इयु–चीन वार्ता

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने

रौतहटमा इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार















