प्रधानमन्त्री ओलीलाई भेट्न पुगे प्रकाश तामाङ

नवलपुर टुडे

सारांश
काठमाडाैं, भदाै १८ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
भोजपुरबाट नागरिकता प्रमाणपत्र पाएलगत्तै काठमाडौँ आएका प्रकाशले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेटेका हुन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशसँग भेट भएको तस्बिरसहितको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि ।’
तामाङले केही दिनअघि नागरिकता प्रमाणपत्र पाएका थिए । भेटका क्रममा तामाङले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए ।
पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा प्रकाशलाई भेटेसँगै उनको ३५ वर्षपछि परिवारसँग पुन:मिलन भएको थियो ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















