नवलपुरको डण्डामा भारी वर्षा मापन

नवलपुर टुडे
२०८१ भदौ ४ | बिहान ०७:०५ बजे

नवलपुर,भदौ ४ । नवलपुरको डण्डामा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागकाे डण्डा स्टेशनका अनुसार यहाँ पछिल्लो एक घण्टामा २२.६ मिलिमिटर वर्षा भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १३१.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।
चितवनमा पनि गएराति देखि वर्षा भइरहेको छ । वर्षाका कारण नारायणी नदीमा जलसतह बढ्ने भएकाले नदी तटिय क्षेत्रमा उच्च सचतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


















