परराष्ट्रमन्त्री डा. देउवा भोलि भारत भ्रमणमा जानुहुने

नवलपुर टुडे

सारांश
काठमाडौँ, भदौ १ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही भदौ २ गतेदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ।
भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लाग्नुभएको परराष्ट्र मन्त्रालले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबिचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्नुहुने जनाइएको छ।
दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किनुहुनेछ।


क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

मुगु जिल्लामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा

बुद्धिचाल महासंघको बैठक सम्पन्न, ओलम्पियाडमा ६ खेलाडीले चेस टाइटल प्राप्त गरे

जापानमा ३७ वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना

अमेरिका–युक्रेन तनावबिच बेलायतको जेलेन्स्कीलाई समर्थन
अरुपनि पढ्नुहोस
सबै
अन्तर्राष्ट्रिय बालिका दिवस : विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा


यूएईका सातै प्रदेशमा गुञ्जिने भयो देउसी–भैलो, नोभेम्बर ७ देखि ‘रमाइलो देउसी–भैलो २०८३’















