मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
बिधालयमा शिक्षक बिहिन विद्यार्थीको पढाई


बाजुरा, श्रावण २२ । बिधालयमा विद्यार्थीहरुको पढाई नहुदा स्कुलमा जाने र आउने काम मात्र भएको छ। बिधालयमा शिक्षक बिहिन कक्षा कोठामा विद्यार्थीको पढाई भैरहेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा रहेकोे खोली डाडा आधारभूत बिधालय साउन १५ गतेबाट खुला भएपनि शिक्षक कमि भएको हुँदा विद्यार्थीको पढाई बाधा भएको छ। गाउँका अधिकास बालबालिका बिधालय जाने र हाजिरी हालिसकेपछी १/२ विषय पढेर घर फर्किने गरेको छन। समयमा बिधालय खुलाउन काम भएपनि बिधालय खुलेको समयमा शिक्षक नआउँदा पढाई हुने अवस्था कम भएको छ। बिधालयमा विद्यार्थीहरु कहिले १/२ विषय पढ्ने कहिलेकाही बिधालय सरसफाइ गरेर घर फर्किने गरेको छ। विद्यार्थीहरु स्कुलमा गएर पनि पढाई नहुदा स्कुलमा बालबालिका एक आपसमा कुराकानी गरेर समय बिताएर त्यतिकै खेल्ने गरेको पाइएको छ। स्कुल खुलेको एक हप्ता सम्म पढाई गतिलो हुनसकेको छैन। शिक्षक बिधालयमा आएर कुर्सीमा बसेर वार्ता गरेका हुन्छ। कहिले कार्यालय पढाई हुने समयमा खाली समय खेर फालेर गपगाफामा सिमित भएका हुन्छन्। विद्यार्थी कक्षा कोठामा पढाई नहुदा यताउता गर्दै शिक्षक प्रखाइमा बसेका हुन्छन्। बिधालय बिहान् १० बजेदेखि ४ बजेसम्म ७ विषय पढाई हुनुपर्नेमा १/२ विषय पढेर स्कुल बाट चाडैं घरमा आउने गरेको एक विद्यार्थीका अभिभावकले बताए। बिधालय बन्द हुनुभन्दा २/४ दिन अगाडि बिदा भनेर घरमा गएका हुन्छन। बिधालय खुलेको हप्ता बितिसक्दा पनि शिक्षक समय आउने सकेको हुदैन। बिधालय समयमा खुला भएअनुसार पढाई तिव्र तरिकाले पढाई भयो भने पढाई र सिकाइ दुबैमा राम्रो प्रभावकारी हुने देखिन्छ। बिधालयमा विद्यार्थी पढाई गुणस्तर बनाउन अभिभावक, विद्यार्थीहरु संगै जिम्मेवारी हिसाबले शिक्षक भुमिका बढी रहेकोे छ। अहिले स्कुलमा पढाई कमजोरी हुँदा माथिल्लो राम्रो विषय पढन विद्यार्थीहरुका लागि धेरै ठुलो समस्या आउने भएको छ। बिधालय खुलेको समय देखि आजभोलि पनि पढाई कक्षा कोठामा नियमित नभएको विद्यार्थीहरुले गुनासो गरेका छन।


















