समाज

आज काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

नवलपुर टुडे
२०८१ साउन १३ | बिहान ०५:०४ बजे

काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र  मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ । बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । नकर्मीको बिहीबार मृत्यु भएको थियो ।

 

कमेन्टहरु