जयपृथ्वी राजमार्ग अबरुद्ध भएको ९ घण्टा पछि सुचारु
प्रशान्त बोहरा
२०८१ साउन ८ | मध्यान्ह ०५:०४ बजे

बझाङ, श्रावण ८ । बझाङमा आज बिहानैदेखि अबरुद्ध भएको जयपृथ्वी राजमार्ग ९ घण्टापछि सुचारू भएको छ । बित्थडचिर गाउँपालिका-४ बल्लेखोलामा बिहान ६ बजेको समयमा पहिरो खस्दा अबरुद्ध भएको राजमार्ग दिउँसो २ बजे सुचारू भएको थियो ।
बित्थडचिर गाउँपालिका र सडक बिभागको स्काभेटरले सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारू भएको देउलेख प्रहरी बेसले जनाएका छन् । सडक अबरुद्ध पछि बाहिरी जिल्लाबाट भित्रीने र जिल्लाबाट बाहिरी जाने सवारीसाधन रोकिएका थिए ।
सडक सुचारु भएपछि रोकिएका सवारीसाधन आआफ्नो गन्तव्य तर्फ लागेका प्रहरीले जनाएको छ । सडक सुचारु भएपनि जोखिम भने कायमै रहेको छ । पहिरो खसेको ठाउँमा माथिबाट फेरि पहिरो जाने सम्भावना बढि भएकोले जोखिम रहेको हो । प्रहरीले यात्रा गर्दा सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।























