बिसिए प्राइड लिग क्रिकेट अब असोज १८ देखि सुरु हुने

नवलपुर टुडे
२०८३ अशोज १३ | मध्यान्ह ०५:०६ बजे

चितवन । बिसिए प्राइड लिग टी-२० क्रिकेट असोज १८ गतेदेखि हुने भएको छ । यस अघि १६ गतेदेखि हुने भनिएको प्रतियोगिता केही दिनको अविरल वर्षाका कारण मैदान तयार गर्न ढिलाई भएकोले १८ गतेका लागि सरेको हो ।
भरतपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिता २४ गतेसम्म चल्नेछ । भरतपुर ५ स्थित भरतपुर स्पोर्ट्स क्लबको मैदानमा हुने प्रतियोगितामा ५ टिम सहभागी हुनेछन् । प्रतियोगितामा भरतपुर बुल्स, माडी टाइगर्स, कालिका लिओपार्ड्स, सौराहा स्याण्ड्स र राप्ती घलियाल्स गरी ५ टिम सहभागी छन् ।
प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भईसकेको छ । प्रतियोगिताको पहिलो खेल १८ गते बिहान ९ बजे भरतपुर र कालिकाबीच हुनेछ । सोही दिन दिउँसो १ बजे दोस्रो खेलमा माडी र राप्ती भिड्नेछन् ।
सहभागी ५ वटै टिमको मार्की खेलाडी पनि चयन भईसकेका छन् । जस अनुसार भरतपुरको मार्की खेलाडीमा रोशन झा, माडीको पवन थापा, राप्तीको सन्तोष न्यौपाने, कालिकाको सन्देश सुवेदी र सौराहाकोमा रिजन काफ्ले रहेका छन् ।






















