Opens in a new tab

देश

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

नवलपुर टुडे
२०८१ साउन २ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ, साउन २ । बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली विद्याथीहरुलाई अनुरोध गरेको छ ।

दूतावासले बुधबार सूचना जारी गर्दै बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालन गर्न अनुरोध गरेको हो ।

साथै कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न पनि राजदूतावासले अनुरोध गरेको छ ।

राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

यसैबिच, अर्को सूचना जारी नभएसम्मका लागि बङ्गलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ । मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थी बङ्गलादेश जाने गरेका छन् ।

Notice for Nepali Students

कमेन्टहरु