समाज

मधेश प्रदेशका संघसंस्थागरुद्वारा डा. ढकालको विदाई समारोह सम्पन्न

रामएकवाल राम
२०८१ असार २९ | मध्यान्ह ०२:०३ बजे

दोहा । नेपाली दूतावास कतारका राजदुत डा. नरेश बिक्रम ढकाललाई सम्मानसहित बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली राजदूतावास कतारको सभाहलमा शुक्रबार मधेस प्रदेश समन्वय परिषद कतार तथा कतारमा स्थापित मधेस प्रदेश अन्तर्गतका विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा डा.ढकाललाई सम्मान “मायाको चिनो” र दोसल्ला ओढाएर बिदाई कार्यक्रम सम्पन्न गरिएको हो।

२०७९ असार २२ मा कतारका लागि नेपाली राजदूत भएर आएका ढकाल नेपाल सरकारले गत जेठ २४ गते भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेअनुरूप उहाँ सोमबार स्वदेश फिर्ता हुँदैछन।

कार्यक्रममा उपस्थित मधेश प्रदेशका विभिन्न संघसंस्थाका प्रमुख एव प्रतिनिधिहरुले डा.ढकालको आगामी जीवनमा सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ढकालले कतारका अमिरको नेपाल भ्रमणले एउटा सकारात्मक ऊर्जा दिएको बताए । उनले खाडीबाट नेपाल पुग्दा हेरिने दृष्टिकोण अज्ञानतका कारण हुने गरेको स्मरण गर्दै खाडीका बारेमा सुनेर नभइ त्यहाँ पुगेर मूल्यांकन गर्न आग्रह गरे । उनले आफू जहाँ रहेपनि नेपाली श्रमिकका लागि साथ सहयोग र सहकार्य गर्न तत्पर रहने बताउदै सम्मान तथा बिदाई कार्यक्रमको लागि सम्पुर्णमा आभार प्रकट गरे ।

मधेश प्रदेश समन्वय परिषद कतारका महासचिव तेजिलाल मण्डलले गरेको सहजीकरणमा मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष एव कार्यक्रमका सभापती नियाज शेखले मन्तव्य राख्दै ढकालको कार्यकालमा धेरै राम्रा कार्यहरु गरिएको स्मरण गर्दै राजदुत ढकाल जुनसुकै देशमा रहेपनि अझै उन्नति तथा प्रगति रहोस भन्ने कामना गरेका थिए ।

कमेन्टहरु