Opens in a new tab

देश

मिटरब्याज सम्बन्धी सम्बन्धी जाँचबुझ आयोगले पीडितबाट उजुरी लिने म्याद १० दिन थपियो

नवलपुर टुडे
२०८१ असार २६ | बिहान ०९:०३ बजे

काठमाडौं, असार २६ । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिन थप गरेको छ। आज एक सूचना जारी गर्दै आयोगले अबको १० दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न पीडितहरुलाई आग्रह गरेको छ।

सूचनामा लेखिएका अनुसार पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेभसाइटमा राखिएको आयोगले जनाएको छ। आयोगले आफूसँग रहे भएसम्मका ऋण÷कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगायत लिखतहरुको प्रतिलिपी वा फोटोकपीसमेत राखी निवेदन दिन भनेको छ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानको पहल स्वरुप २०७९ सालमा गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो।

1 i67ndFZisR

 
 

कमेन्टहरु