जीतपुरका स्थानीयबासी अध्यारोमा जोखिम मोल्दै हिड्न बाध्य, वडाका जनप्रतिनिधिहरु मौन


परासी, जेठ २६ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- ४ नम्बर वडाका स्थानीय बासी गर्मी र बर्षाको समयमा अध्यारोमा जोखिमपुर्ण जीवन यापन गर्न बाध्य भएका छन । विगत लामो समयदेखि विजुलीको पोलको बत्ती बिग्रेको कारणले वडा नम्बर ४ का स्थानीयबासी अध्यारोमा बस्न बाध्य भएका हुन ।
स्थानीय बासीहरुले स्थानीय निकाय, स्थानीय जनप्रतिनिधिलाई हाईगुहार गर्दासमेत वास्ता नगरेको गुनासो गरेका छन । अझैपनि जनप्रतिनिधिहरुले समस्याको समाधान गर्छकी भन्ने आशा र भरोसा लिएर बसिरहेका छन स्थानीय जीतपुर बासीहरु ।
स्थानीय सरकारलाई गुहार लगाउनुभन्दा पहिला आफ्नै वडाका वडा सदस्यहरु शिव प्रसाद कोहार, सिमिरति देवी कुर्मी, गंगा लक्ष्मी हरिजन, प्रभुलाल मौर्यलाई समेत जानकारी गराउदा केही पहल नगरेको जानकारी प्राप्त भएको छ । जुन कि त्यही बाटो दिँउसोमा त्यही प्रतिनिधिहरु दिनदिनै हिडिरहेका हुन्छन तर सडकको बत्ती बिग्रेको थाह हुदैन भनेर स्थानीयले रिस पनि पोखेका छन ।
दुई बर्ष बितिसक्दा पनि रामग्राम- ४ जीतपुरमा रहेको पोलमा लगाइएको बत्ति बिग्रेर स्थानीय निकायको ध्यानाकर्षण नभएको जानकारी स्थानीयले दिएका छन । बत्ती बिग्रेको कारणले अध्यारोमै घरबाट बाहिर निस्किन बाध्य भएका छन । जीतपुर बासी बिगत दिनमा चोरी, पैठारी बढे लगत्तै गाँउलेहरु चिन्तित भएर रातभरि जागेर रात बिताउने गरेका छन।
गाउँबासीका अनुसार वडा सदस्य जीतपुर निवासीकै भएर उक्त बिषयमा केही विशेष कदम नचालेको र समस्याको समाधानमा गाउँलेलाई सहयोग समेत नगरेको आरोप पनि स्थानीयले लगायका छन ।
केहि महिना पहिलै सोच्नै नसकिने घटना घटेको थियो । जसको प्रभाव जीतपुरका हरेक ब्यक्तिमा परेको छ ।घरभन्दा बाहिर निस्किन समेत डर लाग्ने किसिमको घटना घटेको थियो । यस कारण सडक, वा घर भन्दा बाहिर अध्यारोमा निस्किन समेत डर लाग्छ भनेर स्थानीयले बताएका छन ।
चुनावमा विभिन्न प्रलोभन देखाएर सदस्य तथा अध्यक्षले समेत गाउँबासीको समस्यालाई समाधान गर्छौ भनेर एक्यबद्धता जनाएर जित हासिल गरेका थिए तर ती बाचा सब बिर्सेर मात्र महिनामा तलब बुझ्दै बसेका छन भनेर स्थानीयले बताएका छन । स्थानियले पटक पटक जानकारी गराउदा पनि काम नहुदा हाम्रो सम्पर्कमा आएर यस्तो गुनासो बताए ।























