समाचार

हावाहुरीले रुख ढलेर च्यापिदा मकवानपुरमा एक युवकको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २२ | मध्यान्ह ०५:०२ बजे

हेटौंडा, जेठ २२ । हावाहुरीले रुख ढल्दा च्यापिएर मकवानपुरमा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं २ ट्यान्की दमारका २२ वर्षीय रामबहादुर गोले छन् ।

घर नजिकैको बारिमा घाँस काटिरहेका गोलेलाई अचानक आएको हावाहुरीले नजिककै साजनको रुख ढलेर च्यापेको थियो । गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कमेन्टहरु