नवलपुरमा हावाहुरीको कारणले रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २२ | बिहान १०:०२ बजे

नवलपुर, जेठ २२ । नवलपुरमा हावाहुरीको कारणले रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका – १२ स्थित ठुलोपोखरा सामुदायिक बनमा आज बिहान ८:३० बजेतिर बाख्रा चराउन गएका ज्वाइथर बस्ने बर्ष ६९ को चित्र बहादुर थापाको हावाहुरीको कारण रुख ढलेर च्यापिँदा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।


















