समाचार

इलामको रतुवा खोलाले जिप बगाउँदा दुई जना बेपत्ता, ४ जनाको उद्धार

नवलपुर टुडे
२०८१ जेष्ठ २१ | मध्यान्ह ०७:०२ बजे

इलाम, जेठ २१ । इलामको चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बोलेरो जिप बगाएको छ । लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिप खोलाले बगाएको हो ।

उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार रहेका थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने दुई जना अझै बेपत्ता रहेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले जानकारी दिए । घटना केहीबेर अघि भएको र गाडीको नम्बर अझै खुलिनसकेको अध्यक्ष केरुङले बताए ।

इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटनाबारे अपुष्ट जानकारी प्राप्त भएको बताएका छन् । अहिले घटनास्थलमा परिचालन गरिएको उनले जनाएको छ ।

कमेन्टहरु