Opens in a new tab

खेलकुद, देश

फिफा विश्वकप २०२६ छनोटको लागि नेपाली फुटबल टिमको घोषणा

नवलपुर टुडे
२०८१ जेष्ठ २० | मध्यान्ह ०८:०२ बजे
फाइल तस्बिर ।

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । विश्वकप छनोटको दोस्रो चरणको समूह ‘एच’मा रहेको नेपालले अन्तिम दुई खेल खेल्न बाँकी छ ।

नेपालले अब जुन ६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) र जुन ११ मा यमनविरुद्ध खेल्नेछ । यी दुवै खेल साउदी अरेबियामा हुनेछन् ।

समूहमा नेपालले चार खेल खेले पनि हालसम्म अंक जोड्न सकेको छैन । समूह ‘एच’मा नेपाल तालिकाको पुछारमा छ । यो समूहमा नेपालसँगै बहराइन, यूएई र यमन छन् ।

नेपाली टिम :

अभिषेक बराल (गोलकिपर), किरणकुमार लिम्बू (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिषेक लिम्बू, अनन्त तामाङ, भरत खवास, विमल पाण्डे, छिरिङ  लामा, विशाल बस्नेत, जिलेश्पीजंग कार्की, हिसुब थपलिया, लाकेन लिम्बु, मणीकुमार लामा, मनिष डांगी, सुमित श्रेष्ठ, रोहित चन्द, सनिस श्रेष्ठ, सञ्जिव बिष्ट, सौभाग्य राई, आयुश घलान, वसन्त जिम्बा, आशिष बाबु चौधरी, आशिष राई

 

 

 

कमेन्टहरु