नवलपुरको नारायणी नदिबाट अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरेका ७ वटा टिपर प्रहरी नियन्त्रणमा

नवलपुर टुडे
२०८१ जेष्ठ २० | मध्यान्ह ०१:०२ बजे

नवलपुर, जेठ २० । नारायणी नदिबाट अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरेको आरोपमा नवलपुर प्रहरीले ७ वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।
शनिबार राती ८ बजेतिर नवलपुरको गैंडाकोट नगरपालिका – ९ स्थित नारायणी नदिबाट भ्याट बिल बिना नदिजन्य पदार्थ लोड गरि ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी निरीक्षक हस्त बहादुर सुनारको कमाण्ड खटिएको टोलीले ७ वटा टिपरलाई नियन्त्रणमा लिइएको हो ।
लु २ ख ४५१४, ना ८ ख ३३९२, ना ८ ख ३८५०, प्र.२-०३-००१ क ००७३, प्र.२-००३ क ००८०, बा.प्र.०३-००१ क १९१ र भे १ क २६६५ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
नियन्त्रणमा लिएका टिपरलाई आवश्यक कारबाहीको लागि गैंडाकोट नगरपालिकाको कार्यालयमा पठाइएको पौडेलले बताए ।























