इलाममा घरको दलिनमा झुन्डिएको अवस्थामा आमा छोरा मृत फेला


इलाम, जेठ २० । इलाममा घरको दलिनमा झुन्डिएको अवस्थामा आमा छोरा मृत फेला परेका छन् । शनिबार बिहान इलाम नगरपालिका–२, सुम्बेकका आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दघरमा आमा छोरा मात्रै बस्ने गर्दथे । बुबा चाहिँ ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर गएका थिए । उनीहरु दुवै जनाले मादक पदार्थ सेवन गर्ने गर्दथे ।
शनिबार बिहानै पनि मादक पदार्थ सेवन गरे आमा छोराबिच विवाद सामान्य भएको थियो । विवादपछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।
आमा आइपुग्दा छोरा झुन्डिएको अवस्थामा रहेछ । छोरा झुन्डिएको देखेपछि आमा पनि झुन्डिएको प्रहरी उपरीक्षक ढकालले बताए । जीवनका बुबालाई भेटेर सोधपुछ गर्ने काम भइरहेको ढकालले जानकारी दिए ।























