समाचार

भारतको केरला आइपुग्यो मनसुन, नेपाल आइपुग्न अझै १० दिन लाग्ने

नवलपुर टुडे
२०८१ जेष्ठ १८ | मध्यान्ह ०३:०२ बजे

काठमाडौँ, जेठ १८ । यस वर्षको मनसुन भारतको केरला आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यस वर्ष नेपालमा सरदरभन्दा छिटो मनसुन भित्रिने सम्भावना देखिएको विभागको भनाइ छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार नेपाल भित्रने मनसुन अहिले केरला आइपुगेको छ । अब १० दिनसम्ममा नेपाल आइपुग्ने सम्भावना रहेको छ । गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो । 

गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछाने बताए । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो । बङ्गालदेखि मेघालय हुँदै आसामतिरबाट मनसुन नेपाल भित्रने उनको भनाइ छ । 

कमेन्टहरु