समाचार

रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने

नवलपुर टुडे
२०८१ जेष्ठ १८ | मध्यान्ह ०३:०२ बजे

बुटवल, जेठ १८ । आजदेखि गुल्मीको रिडी–तम्घास सडक खण्ड दिनहुँ १२ घण्टा बन्द हुने भएको छ । आजदेखि असार १६ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार एक सूचना जारी गर्दै तम्घास रिडी सडकको स्तरोन्नतिसँगै २५ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने काम भइरहेकाले बन्द हुने जनाएको छ ।

सो समयमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ । 

photo 2024 05 31 15 14 42

कमेन्टहरु