सन्दीपले पाएनन् अमेरिका जाने भिसा

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं, जेठ १७ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेका छन् ।
बिहीबार दिउँसो ४ बजे अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकार गरेका हुन् । टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन यसअघि पनि अस्वीकार भएको थियो ।
अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।























