नवलपुरमा गोहीको आक्रमणबाट एक बालक घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | बिहान ०८:०२ बजे

नवलपुर, जेठ १७ । नवलपुरमा गोहीको आक्रमणबाट एक बालक घाइते भएका छन् ।
मध्यविन्दु नगरपालिका – १५ पर्सौनी बस्ने सालु थारुका छोरा १३ वर्षीय आयुस थारु खेतमा धानको बिउ (बियाड) छर्ने क्रममा गोहीको आक्रमणबाट घाइते भएका हुन् । उनको दाहिने खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
उनको अहिले मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।























