नवलपुरको बौदीकालीमा रुख ढलेर च्यापिँदा एक महिला घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | बिहान ०८:०२ बजे

नवलपुर, जेठ १७ । नवलपुरमा रुख ढलेर हाँगाले च्यापिँदा एक महिला घाइते भएकी छिन् ।
जिल्लाको बौदीकाली गाउँपालिका वडा नं २ स्थित भुपु चोकमा काभ्रोको रुख ढल्दा हाँगाले च्यापेर सोही ठाउँकी १८ वर्षीया सपना जिसि घाइते भएकी हुन् ।
सपना धारामा पानी लिन जाने क्रममा रुख ढलेर च्यापेको नवलपुरका डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए । सपनाको दुबै खुट्टा र ढाडमा चोट लागेको छ ।
उनलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।























