कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

नवलपुर टुडे
२०८१ जेष्ठ १६ | मध्यान्ह ०५:०२ बजे

काठमाडौँ, जेठ १६ । कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेपछि अर्को दिनका लागि सारिएको हो ।
कोसी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीले सदनमा अविश्वासको प्रस्ताव समेत नल्याइ अर्को मुख्यमन्त्री नियुक्ति भएपछि सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि दुईपटक मुख्यमन्त्री भइसकेका नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रोपटक मुख्यमन्त्रीमा बहाल छन् ।























