समाचार

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

नवलपुर टुडे
२०८१ जेष्ठ १६ | मध्यान्ह ०५:०२ बजे

काठमाडौं, जेठ १६ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ ।

पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ । पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ ।’

यसअघि शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने गरिएको थियो ।

कमेन्टहरु