विराटनगरस्थित कान्तिपुर पब्लिकेसनको क्षेत्रीय कार्यालयमा सुरक्षा गार्ड मृत फेला

नवलपुर टुडे
२०८१ जेष्ठ १६ | मध्यान्ह ०२:०२ बजे

विराटनगर, जेठ १६ । विराटनगरस्थित कान्तिपुर पब्लिकेसनको क्षेत्रीय कार्यालयमा कार्यरत एक सुरक्षा गार्ड कार्यालयमै मृत अवस्थामा भेटिएका छन् ।
मोरङको बूढीगंगा नगरपालिका – ४ मा अवस्थित कान्तिपुरको क्षेत्रीय कार्यालयमा कार्यरत सुरक्षा गार्ड बलबहादुर बस्नेत सेक्युरिटी गार्डको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहान ११ बजे घटनाबारे जानकारी आएको थियो । पालो दिनलाई अर्को सुरक्षागार्ड आउँदा ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा बस्नेत झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ ।
बस्नेतको घर सुन्दरहरैँचा नगरपालिका – ९ मा पर्छ । अहिले घटनास्थलमा उनका आफन्त आएपछि ढोका खोलेर प्रहरीले मुचुल्का तयार पारिरहेको छ ।























