समाज

प्रजातन्त सेनानी प्रेमबहादुर कंसाकारको १ सय ७औँ जन्मोत्सव मनाइयाे

नवलपुर टुडे
२०८१ जेष्ठ ८ | मध्यान्ह ०७:०२ बजे

काठमाडौं, जेठ ८ । रत्न राज्यलक्ष्मी क्याम्पसमा प्रजातन्त्र सेनानी एवम् भाषा निभाः प्रेमबहादुरको कंसाकारको १ सय ७औँ जन्मोत्सव जेष्ठ ५ गते शनिबार मनाएको छ ।

नेपालमा प्रजातन्त्रको पुर्नबहालीमा अतुलनीय योगदानका साथै भाषा, साहित्य, संस्कृति सम्पदाको संरक्षण सम्बद्वनमा आफ्नो जीवन अपर्न गरेकाे स्मरणमा मनाएकाे जन्माेउत्सवकाे मनाउनु उद्वेश्य बारेमा सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष प्रशान्त डंगोलले समाजसेवामा अग्रसरताका लागि यस कार्यक्रमकाे अायाेजना गरेकाे जनाउँदै स्वागत मन्तव्य राख्दै नेपालभाषाकाे क्षेत्रमा महत्वपूर्ण पुस्तकहरू प्रकाशनमा जाेड दिनु भयाे ।

कायक्रमका अतिथि लोककवि राजभाई जःकमिले भाषा निभाः व प्रेम बहादुर कंसाकार’ वाचन गरेको थिए । कार्यक्रमका विशेष अतिथी नेपालभाषाका साहित्यकार दिब्य ताम्राकारले भाषानिभाः प्रेम बहादुर कंसाकारले भाषा, साहित्य, सम्पदा, संस्कृति क्षेत्रमा अतुलनीय योगदान दिएको चर्चा गर्दै उनले देखाएको बाटोमा पाइला राखेमा मात्रै बास्तविक रुपमा जन्मोउत्सव मनाएको हुने धारणा राखिन् ।

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक मदन सेन बज्राचार्यले भाषा बाँचे जाति बाचिने भएकाले यस बिषयमा बडो होस् पु¥याउनु पर्नेमा जोड दिदै जाति बाचेर भाषा नबाचिने जनाउँदै प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारले भाषा, साहित्य, संस्कृति व सम्पदाको सवालमा मोहित भएको क्रान्तिकारी राजनीतिक एवम् बहुआयामिक व्यक्तित्व भएको जनाए ।

प्रेम बहादुर कंसाकारको जन्मोउत्सव निरन्तरता दिएकोमा सुकुण्डा साहित्य पाःलामा सृकय भई रहेका प्रशान्त डंगोल र रिदेन महर्जनले जुन योगदान दिइ रहनु भएको जस्तो सुकै परिस्थितिमा पनि निरन्तरता दिदै रहनेमा आशा गरेको जनाउँदै प्रेमबहादुर कंसारकारको योगदान नेपाल सरकारले मात्र नभई नेवार समुदायले समेत भुलेकोमा खेद प्रकट गरे । जहाँनिय राणा शासनमा भारतको पटनामा उहाँले स्थापना गरेको च्वसा पासाः ताला मारिरहेकोप्रति ध्यानार्कषण गराए ।

कार्यक्रमका संयोजक एवम् सुकुण्डा साहित्य पाःलाःका सचिव रिदेन महर्जनले नेपालभाषा अभियान्ताहरुले धेरै संघर्ष गर्नुपरेको जनाउँदै क्याम्पसमा नेपालभाषा विद्यार्थी बढाउने पर्ने सवालमा सबैले दायित्व बहन गर्नुपर्र्नेमा जोड दिदैँ कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई आभारी प्रकट गरे ।

साे कार्यक्रममा एम. ए. प्रथम बर्षका नेपालभाषा विद्यार्थी पवित्र कंसाकारले प्रजातन्त्र सेनानी प्रेम बहादुर कंसाकारको जीवनीमा आधारित गायन प्रस्तुत गरिएकाे थियाे । कार्यक्रमका सभापति नेपाली तथा नेपालभाषा विभागका प्रमुख बिष्णु ज्ञवालीले भाषा तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरु पछाडि परिरहेकाे धारणा राख्दै अहिले देशमा राजनीतिक उत्तरदायित्व विहिन भएकोले खराब आचरणका व्यक्तिहरू राजनीतिमा हावी हुँदा यस्ता महान् व्यक्तित्वहरु छाया परेको जनाउँदै कार्यक्रम समापन गरे ।

कमेन्टहरु