समाज

जातीय विभेद छुवाछूत तराईमा कायमै, पानी खानबाट रोक, सरकारको निर्णय कागजमै सिमित

प्रदिप सिंह
२०८१ जेष्ठ ८ | मध्यान्ह ०५:०२ बजे

लहान, जेठ ८ । सिरहाको गोलबजार नगरपालिका वडा नं.३ मधेसी टाेल पुरानो मुसाहर्नीयामा दलित भेदभाव छुवाछूत कायम नै रहेको छ ।

दलित महिला केन्द्र नेपाल प्रादेशिक कार्यालय गोलबजारमा आयोजित कार्यक्रममा जातीय विभेद तथा छुवाछुत उन्मुलन कार्यक्रममा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा उपस्थित भएका महिला गोलबजार नगरपालिका वडा नं.३ का निरमला तामाङले समाज विकसित भइसक्दा पनि हाम्रो समाजमा दलित भेदभाव छुवाछूत कायमै रहेको बताएकी छिन् ।

मिथिला भवनको नजिक रहेका सर्वजानिक पानी ट्यांकीबाट अहिले पनि दलित समुदायका बालबालिकालाई पानी खान यादव, महतो, साह समुदायका व्यक्तीहरुले रोक लगाएको स्थानीय तामाङले बताए ।

कमेन्टहरु